Thursday, December 29, 2016

जर्मनीको म्युनिख शहरमा तमु ल्होसार साँझ भब्ब्य रुपमा मनाईयो

1
यही २४ ,डिसेम्बर २०१६, शनिबारको दिनमा जर्मनीको म्युनिख शहरमा “तमु ल्होसार साँझ-२०१६” भब्य एंबम सब्य रुपमा सम्पन्न गरेको छ । म्युनिखमा बसोबास गर्ने सम्पुर्ण गुरुङहरुको सयुक्त प्रयासमा अर्थात म्युनिखबासी गुरुङ परिवारले पहिलो पटक सो कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रममा म्युनिख एंबम वरपर बसोबास गर्नुहुने सम्पूर्ण नेपाली तथा बिदेशीहरुको उत्साहजनक उपस्थिती रहेको कुरा हामीलाई सो कार्यक्रमका सकृय सदश्य सुनिल गुरुङले जानकारी गराउनु भयो ।
15698252_10155225245273912_3776255054489606110_n
कार्यक्रममा उपस्थित भएको सम्पुर्ण पाहुनाहरुलाई राम गुरुङ ले स्वागत मन्त्यब्य राख्दै कार्यक्रमको थालनी गर्नु भएको थियो ।  “तमु ल्होसार साँझ-२०१६” कार्यक्रममा म्युनिखबासी स्थानिय कलाकारहरु द्वारा रमाईला नृत्य तथा गितहरु प्रस्तुत गर्नु भएको थियो भने स-साना बाबु नानीहरुको नृत्यले कार्यक्रमको झनै रोचक बढाएको थियो अन्त्यमा डान्स पार्टीले साँझलाई धेरै रमाईलो बनाएको थियो साथमा सेल रोटी ,चिया अनि मिठो भोजनको पनि ब्यवस्था गरिएको हुनाले केहि क्षण भए पनि बिदेशमा नभै नेपालमा नै रहेको महशुस भएको म्युनिखबासी नेपालीहरुले बताउनु भयो । कार्यक्रमको संचालन उमा गुरुङले गर्नु भएको थियो ।
15697726_10155225565483912_6633613396739414437_n
र अन्त्यमा म्युनिखबासी गुरुङ परिवारको निम्तो लाई सहर्ष स्विकारी कार्यक्रममा पाल्नु भएका सम्पुर्ण म्युनिखबासी एंबम वरपर बसोबास गर्नुहुने नेपाली तथा बिदेशीहरुलाई म्युनिखबासी गुरुङ परिवारको तर्फ बाट धेरै धेरै धन्यबाद ज्ञापन गर्नुभयो र आगामी दिनहरुमा अझ यो भन्दा स्तरिय कार्यक्रम लिएर आउने पनि जानकारी दिनुभयो ।
15697433_10155219776698912_2903111864421269287_n-2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...