Friday, December 16, 2016

म्याद नाघेका खाद्य पदार्थ नष्ट

काठमाडौँ, १ पुस । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज म्याद नाघेका विभिन्न प्रकारका खाद्य पदार्थ नष्ट गरेको छ ।

विभागले खाद्य पसलमा गरेको अनुगमन क्रममा म्याद नाघेका खाद्य पदार्थ भेटेपछि नष्ट गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी गराउनुभयो । उहाँका अनुसार आज आठ पसलमा गरिएको अनुगनमा दीपाश्री सप्लायर्स चाबहिल र सुपथ मूल्य पसल बालकुमारी तथा कपनका केही पसलमा म्याद नाघेका खाद्य पदार्थ भेटिएको थियो ।

उहाँका अनुसार सुपथ मूल्य पसलबाट म्याद नाघेका ५४ पोका बिस्कुट र कोकाकोलाका चार बोतल तथा दीपाश्रीबाट मसला दुई पोका र बिस्कुट २६ पोका नष्ट गरिएको छ । उहाँले अनुगमनका क्रममा ती पसलले खाद्य वस्तुको मूल्यसूची नराख्ने, व्यावसायिक दर्ता नगर्ने, खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राख्ने र नापतौल प्रमाणित नगरेको पाइएको बताउनुभयो ।

विभागले सनसाइन स्टोर सरस्वतीनगर, सुनेश स्टोर– केके मार्ट– श्रेष्ठ स्टोर र सुविधा स्टोर गोपीकृष्णनगर तथा नृपबहादुर खड्का चाबहिलमा अनुगमन गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...