Thursday, December 1, 2016

तम्लाई चट्ट सलाम छ ! भन्दै आए गायक समीर आचार्य – भिडियो सहित

14670875_10209575016430575_794290006698501383_n

अष्ट्रेलीयामा बसेर नेपाली गीत संगीतमा धुम मच्चाइरहेका गायक समीर आचार्य यो पटक सुदुर पश्चिममा हामफालेका छन् । सुन्दा नीकै मीठो लाग्ने तम्रा हम्रा शब्दहरु अचेल अधिकांस गीतहरुमा प्रयोग भईरहेका बेला आचार्यले पनि सुदुर पश्चिमको बोलीचालीको भाषालाई गीतमा उतारेर गायिका टिका प्रसार्इँलाई जोडि बनाउँदै नयाँ गीत मार्फत सुदुरपश्चिम पुगेका हुन् ।

समीरकै शब्द र संगीतमा तयार भएको उक्त गीतको भिडियोमा नम्रता सापकोटा र नीराजन प्रधानको रमाइलो नृत्य रहेको छ भने भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका छन् । “तम्रो आखा गाजले” एउटा लोक पप संगीतमा आधारीत गीत हो ।

गायिका टिका प्रसाईसंग समीरको यो पहीलो युगल गीत हो । टिका प्रसार्इँ अहिले नेपाली गीतको दुनीयामा निकै चीर परीचीत नाम हो भने समीर केही वर्ष यता सांगीतीक दुनीयाको हीट लिस्टमा छन् ।

डेढ दशकदेखि संगीत क्षत्रमा सक्रिय उनको यो भन्दा पहिले “हैन भन्देउ न माया” र “दुनीया बेग्लै छ” भन्ने गीत दर्शक श्रोताको मनमा बस्न सफल भईसकेका छन् । करीब १ वर्षको अन्तरालमा आएको यस गीतबाट पनि समीर एकदमै उत्साहीत देखीन्छन ।

भिडियो हेर्न यो लिंक क्लीक गर्नुहोस ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...