Thursday, December 1, 2016

म्याकडोनाल्डको बिग म्याक बनाउने सृष्टिकर्ता जिम डेलिगाटि को ९८ बर्षमा मृत्यु

01delligatti-obit-1-master768अमेरिकन फास्ट फुड (तेज आहार) मध्ये कै बिश्व प्रसिद्ध म्याकडोनाल्डमा अत्यधिक चल्ने बिग म्याक का सृष्टिकर्ता को मृत्यु गत नोवेम्बर २८ तारिख ९८ बर्षको उमेरमा मृत्यु भएको छ l

म्याकडोनाल्डका प्रवक्ता केरी फोर्डले उनको मृत्यु आफ्नो निजि निवास पिट्ट्सबर्गमा भएको जानकारी दिएका छन l गत बुधबार नोवेम्बर ३० तारिखमा आफ्ना नातेदार तथा साथीभाईको उपस्थित बिच जिम डेलिगाटि हामी बीच नरहेको बताएका थिए l

डेलिगाटिले आफ्नै निर्माण गरेको उक्त बिग म्याक म्याकडोनाल्डको सर्बाधिक बिक्रि हुने म्याकडोनाल्ड कै खाद्य सुचिमा झन्डै ५० बर्ष सम्म चलि रहेको छ l पेन्सलभानिया निवासी जस्ले म्याकडोनाल्ड १९६० मा युनियन शहरमा विशेष विक्रय अधिकार लिएका थिए l उन्ले काम गर्दा गर्दै उनले केहि सामग्री थपेर उक्त बिग म्याक बनाएर प्रयोग गरेका थिए l

1392070767000-xxx-big-king-burger-204

प्रारम्भिक चरणमा यसलाई उनले सन् २००६ मा दिएको एक अन्तर्वार्तामा पहिला आफुले बनाएकोलाई म्याक डोनाल्डले बिरोध गरेको बताएका थिए l र उन्ले बिस्तारै आफ्नो पसल ४७ स्थानमा खोल्न सफल भएका थिए भने १९६८ सम्म उनको बिग म्याक अमेरिकाका सबै म्याक डोनाल्ड चमेना गृहमा उपलब्ध भै सकेको युएस टुडेले लेखेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...