Wednesday, December 28, 2016

बोर्डिङभित्रै कामदार महिलाको हत्या

इटहरी, १४ पुस । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ ।

दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान गर्दैै बोर्डिङ सञ्चालक शङ्कर थापा लगायतसँँग प्रारम्भिक सोधपुछ भइरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

पवित्राको हत्या के कारणले भएको हो भनेर सोधखोज भइरहेको र चाँडै नै पवित्राको हत्यामा संलग्न मानिस पत्ता लाग्ने प्रहरी उपरीक्षक पोख्रेलले बताउनुभयो ।

पवित्राको हत्या यौनिक पनि हुन सक्ने भन्दै मृतकको शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...