Saturday, December 17, 2016

राप्रपा खोटाङका अध्यक्षमा श्रेष्ठ

raprapa-2

खोटाङ, ३ पुस । राप्रपा खोटाङका अध्यक्षमा जीवनकुमार श्रेष्ठ सर्वसहमतिले चयन हुनुभएको छ ।

राप्रपा र राप्रपा नेपाल खोटाङको शनिबार सम्पन्न एकीकरण घोषणासभाले राप्रपा नेपालका पूर्वजिल्ला अध्यक्ष श्रेष्ठलाई जिल्ला अध्यक्षमा चयन गरेको हो ।

यसअघि राप्रपाका जिल्ला अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएका ललितकुमार राईलाई नयाँ समितिको सहअध्यक्ष बनाइएको छ ।

यस्तै सीताराम राईलाई वरिष्ठ नेता तथा दुवै पार्टीका जिल्ला उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यलाई एकीकरणपछि पनि पार्टीको यथावत् जिम्मेवारीमा राखिएको छ ।

एकीकरणपछि दुवै दलका २७–२७ सहितको ५४ सदस्यीय नयाँ जिल्ला कार्यसमिति बनेको छ ।
पार्टी एकीकरणका अवसरमा विभिन्न दल परित्याग गर्ने जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई राप्रपामा प्रवेशसमेत गराइएको थियो ।

सो अवसरमा नेता भूपाल किराँतीले कारबाहीमा परिने त्रासले ठूला दलका नेताले लोकमानसिंह कार्कीको खेदो गरेको आरोप लगानुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...