Sunday, December 18, 2016

आमहडताल फिर्ता

रामपुर (पाल्पा), ३ पुस । पाँच नं प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले गरेको आमहडताल फिर्ता लिएको छ ।

आज अपराह्न १ बजेदेखि आमहडताल फिर्ता लिइएको समितिले जनाएको छ । प्रदेश नं ५ बाट पाल्पालाई टुक्र्याएर प्रदेशन नं ४ मा राखिएकामा असन्तुष्टि जनाउँदै समितिले शुक्रबार र शनिबारका लागि आमहडताल गर्दै जिल्ला बन्द गराएको थियो । अखण्ड ५ नं प्रदेशको मागसहित भएको आमहडताल समितिले शनिबार बैठक बसेर आज अपराह्नदेखि बन्द फिर्ताको घोषणा गरेको हो ।

समितिले संसद्मा दर्ता भएको संशोधन विधेयक खारेज नभएसम्म अन्य रचनात्मक आन्दोलन जारी राख्ने निर्णय गरेको नेपाली काँग्रेसका सचिव झपेन्द्र गैरेले बताउनुभयो । पूर्वी पाल्पाको रामपुर क्षेत्रमा भने शनिबार साँझ कोणसभा गरी बन्द फिर्ता लिइएपछि यहाँको जनजीवन समान्य बन्दै गएको छ ।

काँग्रेस, नेकपा (एमाले), राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी), अखण्ड नेपाल लगायत राजनीतिक दलले ऐक्यबद्धता जनाउँदै पहाडी जिल्ला पाल्पालाई तराईबाट अलग्याउन नहुने भन्दै बन्द विरोध जनाउँदै आएका छन्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...