Sunday, December 18, 2016

काठमाडौँसहित मुलुकभर चिसो महसुस

काठमाडौँ, २ पुस । जाडो मौसम सुरु भएसँगै निरन्तर तापक्रम घट्दै गएका कारण राजधानी काठमाडौँसहित मुलुकभर चिसो महसुस भएको छ ।

तापक्रममा आएको उतारचढावले बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा तुलनात्मकरुपमा आज बढी चिसो महसुस गरिएको छ ।

विन्टर (हिउँद) मा ‘सिजनल इफेक्ट’ का कारण उपत्यकासहित धेरै स्थानमा चिसो महसुस भएको मौसमविद् विभूति पोखरेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकतम तापक्रम घटेका कारण चिसो बढेको हो । यो अझै निरन्तर घट्ने क्रममा छ । अधिकतम २२ डिग्री सेल्सियस रहेकामा अहिले १९ मा झरेको छ ।

आज काठमाडौँ उपत्यकाका न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस दुई र अधिकतम तापक्रम जोमसोममा १४ पुगेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...