Sunday, December 18, 2016

व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाएकाले सम्पत्ति कम: प्रधानमन्त्री

prachanda

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले नेताको हकमा व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउने आफ्नो पार्टीको नीति भएकाले सम्पत्ति विवरण कम देखिएको स्पष्ट पार्नुभएको छ ।

वर्तमान मन्त्रीमण्डलमा प्रधानमन्त्रीसहित उहाँको पार्टी नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्रीहरुको सार्वजनिक भएको सम्पत्ति विवरणबारे आलोचना भइरहेका बेला प्रधानमन्त्री दाहालले यस्तो स्पष्टोक्ति दिनुभएको हो ।

“व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउने नीति भएकाले कम सम्पत्ति देखिएको हो, अहिले मैले जे उपभोग गरेको छु, त्यो सबै पार्टीको हो, मैले व्यक्तिगत सम्पत्ति कहिल्यै जोडिनँ” – नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्रीसँगको कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई छलफल र सहमतिका आधारमा पारित गरिने बताउनुभयो । प्रस्तावित प्रदेशमा केही सीमाङ्कन हेरफेर हुनसक्ने भन्दै उहाँले विरोध छाडेर छलफल र सहमतिमा अघि बढ्न सबैलाई अपिल गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सरकारले मुलुकको ऊर्जा सङ्कट समाधानका लागि निर्माणाधीन जलविद्युत् आयोजनाको कामलाई प्रभावकारी तुल्याई केही ठूला योजना अघि बढाउने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...