Saturday, December 31, 2016

MedLove,Inc.’s Gala Event to fundraise for human trafficking victims for HIV/AIDS Medication.

मेडलभ ईन्कको आयोजनामा नेपालको मानव तस्करीका कारण भएको एडस् रोगका पीडितहरुको सहयोगार्थ एक अर्थ संकलन हेतु रात्री भोजको आयोजना सम्पन्न भयो । मेडलभ ईन्ककी संस्थापिका सुरभी खनालको सकृयतामा भएको सो रात्री भोजमा उल्लेख्य संख्यामा विदेशी तथा नेपालीहरुको उपस्थिति रहेको थियो ।

आयोजिका सुरभी खनाललले स्वागत गरेपछि शुरु भएको रात्री भोजपछिको औपचारिक कार्यक्रममा भर्जिनियाका डेलिगेट केनेथ प्लम, थिंग्स दयाट म्याटर फाउण्डेसनकी ग्यावी सुट्टोन, हर्न्डन हाइस्कूल मुस्लिम विद्यार्थी संघकी अध्यक्ष धुहा बाइग्ले तथा मीस भर्जिनिया अमेरिका २०१६ मार्ता वोटाले शुभकामना मन्तव्य तथा सुरभीको कार्यक्रममा हातमा हात मिलाउने वचनवध्दता जाहेर गरे ।

कार्यक्रममा सुरभी खनालले वीवीसीको यौटा समाचारले प्रेरित भएर तथा नेपालमा जाँदा नेपालको सडक जीवन विताइरहेका मानव तस्करीवाट एडस् वोकेर फर्केका महिलाहरुले द्रवित वनाएकोले यो योजनामा लागेको वताइन् ।
कार्यक्रमको अन्तमा राफल तथा नृत्य समेतको रमाइलो भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...