Sunday, January 22, 2017

स्थानीय निकायको निर्वाचन वैशाखमै : देउवा

सञ्जय मित्र, रौतहट
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको सहमतिमा स्थानीय निकायको निर्वाचन बैशाखमै हुने बताएका छन् । नेपाली कांग्रेस रौतहटका सभापति एवं पूर्व साँसद कृष्णप्रसाद यादवकी जेठी छोरीको बिहेमा आशीर्वाद दिन सहभागी हुन रौतहटको बरियारपुर गाविसको वीरनगरा पुगेका देउवाले सबै पक्षको सहमतिमा बैशाखमै स्थानीय निकायको निर्वाचन हुने दोहो¥याएका छन् ।
संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयक बिना कुनै संशोधन पारित हुने देउवाले बताएका छन् । सरकारसित दुई तिहाई बहुमत नभएको बारेमा सञ्चारकर्मीहरुको प्रश्नमा देउवाले “दुई तिहाई बहुमतको लागि प्रयास गरिरहेकोले तपाइँहरुले विश्वास गर्नुहोस्, संसोधनको लागि वहुमत पुग्छ” स्पष्ट पारेका छन् ।
सञ्चारकर्मीहरुसित संक्षिप्त कुराकानी गर्दै देउवाले मधेसी मोर्चा लगायतकाले उठाउदै आएको मधेसी, मस्लिम, दलित, आदिबासी जनजातिको समस्या पनि संविधानको संशोधनपछि समाधान भएर जाने बताएका छन् ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेनद्र निधी समेत उपस्थित भएको भए पनि केही बोल्न चाहेनन् । नेपाली काँग्रेसका सासंदहरु पुष्पा भुषाल, महेन्द्र यादव, अजय चौरसिया, अजय द्धिवेदी, सुनिल यादव तथा नेकपा एमाले सासंद लालवाबु यादव र एमाओवादीको अशोक जयसवाल लगायतका नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।
बिहेमा करिब दुई घन्टासम्म समय दिएका पूर्व प्रधानमन्त्री देउवा र उपप्रधानमन्त्री निधि सहभागी बिहेमा नेपाली काँग्रेसका हजारौँ कार्यकर्ताहरु ओइरिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...