Friday, January 6, 2017

अमेरिकी निर्वाचनलाई प्रभाव पार्न रुसका राष्ट्रपति पुटिनको ठाडो आदेश भएको खुलासा

Generated by IJG JPEG Library

विश्व मै अन्तर्जालमा बिषाणु फैलाउन ,व्यक्तिगत ,सरकारी ,निजि क्षेत्र लगायत सम्पूर्ण क्षेत्रमा अनधिकृत प्रवेश (ह्याक ) गर्न र गराउन नाम चलेको देश मध्ये कै रुस पनि एक देश हो l अधिकांसलाई यसबारे ज्ञान पनि छ l अमेरिकाको निर्वाचन को प्रारम्भिक चरण देखि नै रुस बाट अनधिकृत प्रवेश (ह्याक ) गरेको दाबी अमेरिकाले पहिले देखि नै गर्दै आएको हो l पटक पटक यस बिषयमा गम्भीर छलफल समेत गर्ने गरेको थियो l गत बर्ष भएको राष्ट्रपतीय निर्वाचनको बहस कार्यक्रममा बारम्बार चर्चा परि चर्चामा पर्यो l

हिलारीले दाबा का साथ रुस को संलग्न भएको बताइन l ट्रंपले खिल्ली उडाए किनभने रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उनका समर्थक हुन् भन्ने बुझेका थिए l उनले पुटिन माथि कहिले नराम्रो शब्द चुहाएनन बरु प्रशंसा गरे l

तर यस बिषयमाअमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप ले बिबादास्पद टिप्पणी गरेको कारण अमेरिकाको गुप्तचर समुदायले जनवरी ६ तारिख अमेरिकन जनता तथा ट्रंप लाई छर्लंग बनाई दिएका छन् l

अमेरिकाको युएस इन्टेलीजेन्स कम्युनिटीले प्रतिबेदन सार्बजनिक गरेको छ l उक्त संस्थाले निचोड दिदै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निर्वाचन अभियानलाई प्रभाव पार्नु भनि ठाडो आदेश दिएको प्रतिबेदन प्रस्तुत गरेको छ l

जस्को अभिप्राय सन् २०१६ को राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनलाई चोट पुराउने र डोनाल्ड ट्रंप लाई सहयोग गर्ने रहेको स्पष्ट पारि दिएको छ भनि उक्त प्रतिबेदनमा जनाएको छ l यति मात्र सिमित नभई रुसले मुख्य डेमोक्र्याटिक समुह ,व्यक्तिगत तथा क्लिन्टन चुनाब अभियानका सभापति जोन पोदेस्टा समेतलाई अनाधिकृत प्रवेस (ह्याक )ले प्रभाव पारेको भनेको छ l

अनाधिकृत प्रवेस (ह्याक ) गरि विकिलिक्स तथा थुप्रै अन्य पक्ष मार्फत सूचना प्रकाशित गरेकोले युएस इन्टेलीजेन्स कम्युनिटीले रुसको अभिप्रायपूर्ण फैलाव र लामो समय देखि अमेरिकाको उदार प्रजातान्त्रिक प्रणालीलाई कमजोर बनाउन प्रयासरत रहेको ठहर गरेको छ l आज सार्बजनिक गरेको उक्त प्रतिबेदन आधिकारिक रुपमा पहिलो र पूर्ण रुपमा रहेको थियो भनि सीएनएनमा समाचार छ l

यस बिषयमा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपलाई पनि उक्त युएस इन्टेलीजेन्स कम्युनिटीले भेटघाट गरि सबै कुरा जानकारी दिई सकेका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...