Friday, January 6, 2017

मार्क जुकरबर्गको लक्ष्य अमेरिका को ३० वटा राज्यको भ्रमण गर्ने ,उनि संग भेट हुने मौका

सामाजिक संजाल फेसबुक (अनुहार किताब )का परिकल्पनाकार ,प्रमुख कार्यकारी अधिकारी तथा सह संस्थापक मार्क जुकरबर्ग अमेरिकाको क्यालिफोर्निया क्षेत्र (सिलिकन भ्याली )बाट बाहिर आउन चाहेको आफ्नै सामाजिक संजालमा लेखेका छन् l

उनले नयाँ बर्षका केहि प्रतिबद्धता जाहेर गरेका छन l अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका जुकरबर्गले नव बर्ष २०१७ को आगमन संगै केहि संकल्प गरेका छन् l सन् २०१७ को अन्त्य सम्म अमेरिकाका बिभिन्न राज्यहरुको भ्रमण गर्ने र मानिस संग भेटघाट गर्ने ईक्षा जाहेर गरेका छन l

उनले भनेका छन् आफुले महत्वपूर्ण समय धेरै राज्यमा बिताएको छु l अब मलाई अझ ३० वटा राज्यको भ्रमण गर्ने र यो चुनौतीलाई समाप्त गर्ने अनुहार किताबमा लेखेका छन् l उनले सन् २०१६ मा दुई वटा चुनौतीलाई सामना गरेका थिए l ३ सय ६५ माइल प्रति बर्ष दौडिने र आफ्नो घरमा स्वचालित कार्य निर्माण गर्न सबै सहायकलाई सहयोग गर्ने रहेको थियो l

यस बर्षको चुनौती भनेको उनको व्याख्या अनुसार प्रबिधि र सार्वभौमिकताको मिश्रणको कारण इतिहासमा नया मोड ल्याउने भनेका छन् l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...