Monday, January 16, 2017

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह

z’e ljjfx
/fi6««kltsL sfG5L ;’k’qL 8f lgzfs’;’d cfˆgf] j/nfO{ cf}F7L nufpFb} . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ ।

स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इन्जिनियर मुनिलाल यादव एवम् सांसद किरण यादवका ज्येष्ठ सुपुत्र इन्जिनियर अभिषेक यादवका साथ आज सुसम्पन्न हुँदैछ ।

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो । समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि उपस्थित हुनुहुन्थ्यो ।

विवाहको सबै कार्यक्रम आजै सम्पन्न हुने राष्ट्रपति भण्डारीका स्वकीय उपसचिव दीपा शर्माले राससलाई जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...