गत बुधबार जनवरी ११ तारिख डीसी महानगर क्षेत्रको भर्जिनियाको एलेकज्यानड्रीया मा करिब दुई दर्जन सवारी साधनका सिसा मध्य रातमा फुटाईएको छ l उक्त घटना भर्जिनियाको स्त्रुटफिल्ड गल्लिमा राति राम्रो अवस्थामा राखिएका २१ वटा कार का झ्यालका सीसा झर्याम झुरुम पारिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ l
मंगलबार राम्रो अवस्थामा राखिएको गाडी बुधबार काममा निस्कने बेलामा सवारी साधन धनीले गाडी खोल्ने बेलामा कारका झ्यालका सिसा चकनाचूर अवस्थामा पाइएकोले प्रहरीलाई खबर गरेका थिए l
उक्त क्षेत्रका बासिन्दा आश्चर्य मान्दै एकै रातमा एक्काइस वटा सवारी साधनका सिसा फुटाउनु ले समुदायको सुरक्षा सम्बन्धि प्रश्न उठाएका छन् l गत बर्ष नोवेम्बरमा २९ वटा गाडीका सिसा यसरी नै फुटाईएका थिए भनि एनबिसी वाशिंगटन डटकम मा समाचार छ l प्रहरी अनुसार गाडीका ढोका खोल्ने र ढोका खुला छोड्ने समेत गरिएको उल्लेख गरिएको छ l
No comments:
Post a Comment