Thursday, January 12, 2017

प्रेस विज्ञप्ति – पराराष्ट्रमन्त्री टेक्सस ड्यालसमा

ड्यालस, टेक्सस (अमेरिका)- गैर आवासीय नेपाल संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको शनिवार हुन लागेको पांचौ बार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा सहभागीहुन पराराष्ट्रमन्त्री डा प्रकाशशरण महत विहिवार टेक्सस ड्यालस आएका छन् । पराराष्ट्रमन्त्री महतलाई ड्यालस/फोर्थवोर्थ  विमानस्थलमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल, सम्मेलन संयोजक राम सी पोखरेल, एनआरएन ड्यालस च्याप्टर अध्यक्ष उत्तम लामिछाने, जनसम्पर्क समिति वेष्ट टेक्सस अध्यक्ष हरिवोल भण्डारी, जनसम्पर्क समिति ड्यालस फोर्डवर्थक च्याप्टर सभापति ज्ञानेन्द्र कार्य, जनसम्पर्क समितिका अन्य पदाधिकारी नेपाली समाज टेक्सस अध्यक्ष कृष्ण लामिछाने, अन्य एनआरएन प्रतिनिधि र विभिन्न संघ संस्थाका पदाधिकारीले स्वागत गरेका थिए ।
मन्त्री महतले शनिवार प्रमुख अतिथिका रुपमा साधारण सभाको उद्घाटनका अवसरमा सम्वोधन गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रीको तीन दिन अमेरिका वस्ने कार्यक्रम छ । नेपाल सरकारले पराराष्ट्रमन्त्रालयलाई एनआरएन मामिला हेर्न तोकेको छ । सम्मेलनमा सहभागी हुन नेपाली राजदुत डा अर्जुन कुमार कार्की, ड्यालस आईपुगेका छन् ।
शनिवार हुने एनआरएन अमेरिका पाचौं साधारण सभामा भाग लिन एनआरएनका अध्यक्ष डा केशव पौडेल लगायत पदाधिकारीहरुपनि ड्यालस आउने क्रम शुरु भएको छ । उक्त साधारणस सभामा एनआरएनका १७ वटै च्याप्टरका प्रतिनिधि, अमेरिकाका अधिकांश राज्य लगायत यूरोप,क्यानडावाट समेत सहभागीहुने आयोजकले जनाएका छन् ।
एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेलले साधारण सभाको तयारी पुरा भएको जानकारी दिदैं एनआरएनलाई अघि वढाउन सवै नेपाली समुदायको सकृयता आवश्यक रहेको वताए । म यहा रहनुहुने सम्पुर्ण स्थानिय नेपाली जन समुदायलाई पनि सम्मेलनमा सकृय भाग लिन आग्रह गर्छु डा पौडेलले भने ।
  राम सी पोखरेल
    संयोजक
पाँचौ बार्षिक साधारण सभा
गैर आवासीय नेपाली संघ, (एनआरएन) अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...