Sunday, January 29, 2017

टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश

 

काठमाडौं, १६ माघ। टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा विकम्बलाई ४–३ ले हराएर टोटनह्यामले पाँचौं चरणमा स्थान पक्का गरेको हो ।
८९ औं मिनेटसम्म ३–२ ले पछि परेको टोटनह्याम त्यसपछि दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।

२३ र ३६ औं मिनेटमा पल हेसले गोल गरेपछि पहिलो हाफमा विकम्बले २–० को अग्रता लियो ।
६० औं मिनेटमा सन हेउङ–मिन र ६४ औं मिनेटमा विन्सेन्ट ज्यानसेनले टोटनह्यामका लागि गोल गरे । तर ८३ औं मिनेटमा थोम्प्सनले गोल गरेपछि विकम्बले ३–२ को अग्रता लियो ।

एक मिनेट बाँकी हुँदासम्म ३–२ ले पछि परेको टोटनह्यामका लागि ८९ औं मिनेटमा डेल अलीले बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ४–२ को जित दिलाए ।

यस्तै राति नै भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई ४–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको हो । चेल्सीको जितमा विलियन, पेड्रो, इवानोविक र बाट्शुयीले गोल गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...