Sunday, January 29, 2017

राजनराज शिवाकोटीको संगीतमा अर्को गीत – भिडियो सहित

धनराज वास्तविक : काठमाडौं, १६ माघ । कुनै बेला राजनराज शिवाकोटी पनि सर्जक, गायक हुन र ? भन्ने मान्छेको अभाव थिएन ।
उकालो सकिए पछि पक्कै ओरालो आउँछ, एकदिन सबैको पालो आउँछ भनेझै एकाएक सुर्के थैली खै ? बोलको गीतले चर्चा र सफलता पाईसके पछि शिवाकोटी कुरा काट्नेहरूका ओखती नै बने ।

उनले सिर्जना गरेका गीतको संख्या दुईतिन गीतमा मात्रै सिमित छैन् । बजारमा छक्का पञ्जा चलचित्रमा समाबेश पुर्वपश्चिम रेल बोलको गीतले पनि त्यति नै सफलता पायो ।

लोमोसमय देखि यस क्षेत्रमा लागेपनि धेरै पछि उनले चर्चा पाएको कुरा लुकाउन मिल्दैन् । पछिल्लो समय पछि उनले संगीत भरेको गीतको चर्चा छ । नायिका केकी अधिकारी र नायक पुष्पलको अभिनय रहेको भिडियोको चर्चा यतिबेला सर्वत्र चलेको छ । गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले पातै खायो किरैले’मा यि दुई चर्चित कलाकारको अभिनयका कारण गीतले एक किसिसमको उचाई पाएको हो ।

चर्चित चलचित्र छक्का पञ्जामा पुर्व पश्चिम रेल जस्तो हिट गीत दिन सफल संगीतकार राजनराज शिवाकोटीले संगीत भरेको यो गीतमा राजुबाबु श्रेष्ठका शब्द शृजना समावेश छन् ।

युवराज वाइबाले निर्देशन गरेको भिडियोलाई मुख्यतया युवा पुस्तालाई लक्षित गरिएको गायक परशुरामले बताए । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरलेले सम्पादन गरेका हुन् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...