Sunday, January 29, 2017

घर फर्किनु एक दिनअघि यी नेपालीले जापानमा गरे आत्महत्या, परिवारमा रुवाबासी

टोकियो, १६ माघ । वैदेशिक रोजगारीका सिलसिलामा जापानमा रहेका एक नेपालीले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका छन् ।

कुक भिसामा जापान आएका नवलपरासीस्थित अमरपुरी ८ का ३३ वर्षीय सञ्जय खत्री आइतबार योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकै आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

पारिवारिक स्रोतका अनुसार खत्रीले सोमबार नेपाल फर्किने टिकट काटेका थिए । तर, घर फर्किने तयारी भइरहँदा अघिल्लो दिन नै अचानक आत्महत्या गरेपछि परिवारमा रुवाबासी मच्चिएको छ । उनको आत्महत्याको कारण खुल्न सकेको छैन ।

पारिवारिक स्रोतका खत्री केही समयदेखि मानसिक तनावमा रहेका थिए । उनका श्रीमती र ३ वर्षीय छोरा छन् ।

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...