Wednesday, January 11, 2017

बाल्टिमोरमा “हिन्दु बुद्ध मन्दिर” बनाउन हार्दिक अपील !!!!!

बाल्टिमोरमा “हिन्दु बुद्ध मन्दिर” बनाउने महाअभियानलाई साथ, समर्थन र आर्थिक सहयोग गर्नका लागि संसारभर छरिएर रहनु भएका सम्पुर्ण मनकारी माहनुभावहरुमा हामी हार्दिक अपील गर्दछौं।

“भाषा, भेष, धर्म, संस्कृति परम्परा र संस्कार नै हामी सबैको पहिचान हो। यसको संरक्षण, प्रवर्द्धन अनि सम्बर्द्धन गर्नु हामी सबैको कर्तव्य र दायित्व हो।” यहि मान्यतालाई आत्मसात गर्दै आज बाल्टिमोर- मेरिल्याण्डवासी नेपाली दाजुभाइ, दिदिबहिनी तथा परिवारजनहरुको आफ्नै पहलमा स्वत: स्फुर्त रुपमा मन्दिर बनाउने महान अभियान शुरु भएको छ। आउनुहोस् , तन, मन र धनले हामी सबैले सक्दो साथ र सहयोग गरौं।

..थोपा थोपाहरु मिलेर नै बिशाल समुन्द्र बन्दछ, आज बाल्टिमोरका विभिन्न पेशा, बर्ग र क्षेत्रका स्वयंसेवक साथीहरूको साथ, सानो सानो सहयोग र अहोरात्रको मेहनतले प्राय: असम्भव सम्झँदै आएको बाल्टिमोरवासी नेपाली परिवारजनहरुको जनसहभागिता र जनपरिचालनलाई पनि सम्भव गर्दै जनहितको यो पुण्य कर्मको जन्म भएको छ र यसरी नै हरेक दिन प्रत्येक स्वयंसेवकहरुले आ-आफ्नो पुर्ण जिम्मेवारी र दायित्वबोधलाई आत्मसात गर्दै हरेक दिन थप जनसहभागिता र जनस्वामित्वमा पारदर्शिताको एक उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै शून्य प्रशासनिक खर्चमा सत् प्रतिशत संकलित रकम मात्र मन्दिर निर्माणमा खर्च गरिने मुख्य लक्ष्य सहित अघि बढीरहेको यो सामुहिक प्रयासमा आज तपाईहरुको साथ, समर्थन र आवश्यक आर्थिक सहयोगको अत्यन्तै आवश्यकता परेको हुँदा संसारभर छरिएर रहनु भएका नेपाली परिवारजन तथा आफन्तजनहरुलाई यस महाअभियानमा सहभागी हुन हामी आव्हान गर्दछौं।

विद्यार्थी, ब्यबसायी, डाक्टर, इन्जिनियर, कलाकार लगायत आम सर्वसाधारण सहितको “सामुहिक पहल” बाट सुरु गरिएको यो मन्दिर हाम्रो बाल्टिमोरका नेपाली समुदायको पहिलो मन्दिर हुनेछ र यसले हाम्रा भावी सन्ततिहरुका लागि पनि सधैं प्रेरणादायी एउटा उदाहरण बन्ने हामी सबैले बिश्वास लिएका छौं।

यो महाअभियानको शुरुआत संगै बाल्टिमोर, मेरिल्याण्डवासी र यस वरपर छरिएर रहेका सम्पुर्ण नेपालीजनहरुको मन मनलाई जोडेर हाम्रो भाषा, धर्म, संस्कृति र परम्परालाई बिदेशमा रहेर पनि युगौंयुग सम्म जगेर्ना गर्न मद्दत गर्नेछ भन्ने बिश्वास गर्न सकिन्छ। आउनुहोस् भगवानसंग हामी सबै यही प्रार्थना गरौं।

..सबैको जय जय जय होस् !!!

..सहयोगका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।
http://bit.ly/2ikZBsgsxjcw4

थप जानकारी तथा सम्पर्कका लागि:
#Nepali American Cultural Center of Baltimore, Maryland
www. NACCbaltimore.org
http://bit.ly/2jkxOGQ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...