Sunday, January 22, 2017

भुकम्प पिडितलाई मिचिगनवासीको सहयोग

भुकम्प पिडित परिवारको वासस्थानको लागि गोर्खाको लाप्राकमा निर्माणाधिन आवास परियोजनाका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, मिचिगन च्याप्टरले आर्थिक सहयोग गरेको छ ।

च्याप्टरले मिचिगनमा रहेका नेपाली तथा अन्य सहयोगीवाट संकलन गरेको ४ हजार ३ सय अमेरिकी डलर अर्थात झण्डै चार लाख ३५ हजार रकम सहयोग गरेको हो । च्याप्टरले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् मार्फत सहयोग गरेको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको टेक्ससको डलासमा भएको साधारण सभाको अवसरमा मिचिगन च्याप्टर अध्यक्ष जगनलाल श्रेष्ठ विपिनले संकलित रकम एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल मार्फत एनआरएनए आइसिसीका उपाध्यक्ष कुमार पन्तलाई हस्तान्तरण गरेका थिए ।

यसअघि पनि मिचिगन च्याप्टरले भुकम्प पिडित परिवारका लागि ७ हजार ३ सय ५६ अमेरिकी डलर सहयोग गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...