Sunday, January 22, 2017

अमेरिकाबाट नेपाल फर्कदै गरेकी बृद्ध नेपाली महिलाको उडिरहेको हवाई जहाजमा मृत्यु

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित सक्रिय सामाजिक संस्था नासो कम्युनिटी (समुदाय)का सदस्य कृष्ण बिश्वकर्माकि ममतामयी ७९ बर्षिय आमा देवन्ती विश्वकर्माको उडिरहेको कतार हवाई जहाज मै निधन भएको खबर छ l

गत बुधवार जनवरी १८ तारिख अमेरिकाको वासिंगटन डिसी क्षेत्रको डलस विमानस्थल बाट कतार हवाई जहाजको उडान संख्या क्यू आर ०७०८ बाट कतारको दोहा हुँदै नेपाल फर्कन लागेको अवस्थामा जहाजमै मृत्यु भएको थियो l डीसी महानगर क्षेत्रको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने मृतक देवन्ती बिश्वकर्मा का कान्छा छोरा कृष्ण बिश्वकर्माले ईनेप्लिजलाई जानकारी दिदै आमाको शव लाई कतारका सुरक्षाकर्मीले जाच पड्तालको गरि रहेको बताए l

आकाशमा उडिरहेको हवाई जहाँजमा विश्वकर्मालाई अफ्ट्यारो भएपछि प्राथामिक उपचार गरिएको थियो। जहाजमै अचेत बनेकी बिश्वकर्मालाई दोहा पुगेपछि आपतकालीन उद्धार गरिएको थियो। १४ घन्टा लामो उडान पछि दोहोमा उत्रिए लगतै बेहोस भएकी देवन्ती विश्वकर्मालाई स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेका थिए भनि अन्नपूर्ण टिवीले पनि समाचार लेखेको छ l

कान्छो छोराले ईनेप्लिज संग कुराकानी गर्दै हामी तथा नातिनातिनीलाई भेट्न केहि महिना अगाडी अमेरिका आउनु भएको थियो भने l अमेरिकामा हुँदा स्वास्थ्य नै रहेको र कुनै समस्या आमालाई थिएन भने l अझ पनि आमाको शव नेपाल लान समय लाग्ने हुनाले अमेरिका बाट नेपाल सँगै साथमा रहेकी बुहारी दोहा बाट नेपाल तर्फ दोहा बाट साँझ को उडान बाट नेपाल प्रस्थान गरेकी छोरा कृष्ण बिश्वकर्माले बताए l र उनले दिएको जानकारी अनुसार सबै जाच पड्ताल भए पछि कतार हवाई जहाजले आमाको शव लाई आफै नेपाल लगि दिने भएको बताए l

नासो कम्युनिटी (समुदाय)का अध्यक्ष गोपाल बिश्वकर्माले दुखद समाचार को जानकारी पाए पछि सबै नेपाली समुदायलाई सहयोग गर्न सामाजिक संजाल मार्फत सुचित गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...