सञ्जय मित्र, रौतहट
रौतहटको चन्द्रपुर नगरपालिकाको मोथियाही विद्यालयमा २६४१ औँ थारु माघी महोत्सवको भव्य उदघाटन गरिएको छ । हरेक वर्ष माघ १ गते मनाइने थारु माघी महोत्सवलाई देशमा लोकतन्त्रको प्राप्तिपश्चात औपचारिक कार्यक्रम गरी मनाइन थालिएको हो । थारु कल्याणकारिणी सभाका केन्द्रीय संरक्षक अमृत खाँ थारुले महोत्सवको उदघाटन गर्दै थारु संस्कृतिको विकास भइरहेकोमा खुसी व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कृषि राज्यमन्त्री गोविन्द चौधरी तथा सभाका केन्द्रीय सचिवालय सदस्य रामकृष्ण चौधरीले गौतम बुद्धका सन्तान थारुहरुले गौतम बुद्धको जन्मभन्दा पनि पहिलेदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने गरेको बताएका छन् । परम्परादेखि मनाइँदै आएको थारु माघी महोत्सव र थारु जाति तथा संस्कृतिको विषयमा गरिएको नवीनतम अनुसन्धानले थारु जातिले यसपालि मनाइरहेको माघी महोत्सव २६४१ औँ भएको कार्यक्रममा मन्व्य व्यक्त गर्ने क्रममा कृषि विकास बैंकके पूर्वप्रबन्धक सन्तलाल चौधरीले बताए । थारु परिधानमा सजिएका सयौँ युवायुवतीको उपस्थिति रहेको महोत्सवस्थलमा थारु जनजीवनसित सम्बन्धित विभिन्न वस्तुहरुको प्रदर्शनीसमेत आयोजन गरिएको छ । तीन दिनसम्म चल्ने महोत्सवमा थारु सांस्कृतिक कार्यक्रमसमेत गरिने आयोजक समितिका संयोजक रामअश्रे चौधरीले जानकारी गराएका छन् ।
Saturday, January 14, 2017
२६४१औँ माघी महोत्सवको रौतहटमा भव्य उदघाटन
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment