Tuesday, January 24, 2017

राष्ट्रपति ट्रम्पले भन्छन ,३० देखि ५० लाख अवैध मतदान को कारण लोकप्रिय मतमा आफुलाई नोक्सानी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा द्विदलीय अमेरिकन कंग्रेस नेताहरु संगको भेटघाटमा लोकप्रिय मतमा आफुलाई नोक्सानी भएको दाबि गरेका छन् l

राष्ट्रपति ट्रम्पले झन्डै ३० देखि ५० लाख अवैध मतदान को कारण लोकप्रिय मतमा आफुलाई नोक्सानी भएको बताएका थिए l उनको दाबी अप्रमाणित रहेको संचार माध्यमले उच्च प्राथमिकता को साथ छापेका छन्

डोनाल्ड ट्रम्पले ऐतिहासिक चुनाब जितेता पनि लोकप्रिय मतमा हिलारी क्लिन्टन संग पछि परेका थिए l ट्रम्पले निर्वाचन पछि पनि सामाजिक संजालमा यस्तो भएको दाबी गरेका थिए l उनले लोकप्रिय मत आफुले जितेको र लाखौ मतदान अवैध भएको लाई घटाउदा भनेका थिए l तर त्यस समयमा पनि प्रमाण सम्बन्धि केहि दाबी गरेका थिएनन् l

जनवरी २४ तारिखमा व्हाइट हाउसमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनका संचार सचिब सन स्पाईसर संग अवैध मतदान सम्बन्धि संचार कर्मीले प्रश्न राखेका थिए l र संचार सचिवले राष्ट्रपतिलाई त्यस्तो बिश्वास छ भनि जवाफ दिएका थिए l उनले कुरा राख्दै साच्चै नै लाखौ जनताले निर्वाचनमा अवैध मतदान भएको राष्ट्रपतिले बिश्वास गरेको बताएका थिए l

स्पाइसरले अध्ययन तथा प्रमाण को आधार तथा मानिसले प्रस्तुति गरेको कारण यस्तो बिश्वास निरन्तर राष्ट्रपतिले गरेको बताएका थिए l र ,पत्रकारले खास कुन प्रमाण बाट यस्तो भनिएको भन्ने जवाफमा स्पाइसरले कुनै सूचना दिन सकेनन भनि सिबिएसमा समाचार छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...