Tuesday, January 17, 2017

दिवङ्गत पत्रकार बोहराकी पत्नीलाई रु दश लाख सहयोग

धनगढी, ४ माघ । दिवङ्गत पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई उपचारका लागि रु १० लाख ३५ हजार आठ सय ७१ हस्तान्तरण गरिएको छ । दुवै मृगौला खराब भएर पनि अर्थाभावका कारण समयमै उपचार पाउन नसकेकी ममताको उपचारमा सहयोग पु¥याउने उद्देश्यले यहाँका पत्रकार र नागरिक समाजका अगुवाको पहलमा ‘ममता बचाउ अभियान’थालिएको थियो । अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रशारक सङ्घ (अको¥याब)का ७ नं प्रदेश अध्यक्ष दीर्घराज उपाध्यायले सङ्कलित रु १० लाख ३५ हजार आठ सयको चेक हिजो दिवङ्गत पत्रकारकी पत्नी ममतालाई भक्तपुरस्थित डेरामा पुगेर हस्तान्तरण गर्नुभएको हो ।

ममता बचाउ अभियान सञ्चालनपछि यस क्षेत्रमा पत्रकार, शिक्षक, विद्यालय सञ्चालक, पेसाकर्मी, व्यवसायी र सर्वसाधारणले स्वतःस्फूर्त रुपमा सहयोग गरेका थिए ।

दुवै मृगौला खराब भएकी पत्नी ममताको उपचारका क्रममा काठमाडौँमा रहेकै बेला करिब दुई महिनाअघि पत्रकार कर्ण बोहराको मृत्यु भएको थियो ।

बोहराको मृत्युपछि बिचल्लीमा परेकी बोहरा पत्नी ममताको उपचारका लागि ममता बचाउ अभियान सुरु गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...