Tuesday, January 17, 2017

असल नेतृत्व भएन गच्छदार

विराटनगर, ४ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले असल नेतृत्वको अभावमा मुलुकको विकास हुन नसकेको बताउनुभएको छ ।

विराटनगर–१६ स्थित लक्ष्मीनारायण टोलमा आयोजित श्रीमद्भागवत तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकको जलस्रोत र पर्यटन पूर्वाधारलाई सदुपयोग नगरिएकै कारण देश विकासमा पछाडि परेको बताउनुभयो ।

यसअघि, सो स्थलबाट कलशयात्रा निकालिएको थियो । यात्रामा सयौँको सहभागिता थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...