Saturday, January 7, 2017

न्युयोर्कमा छिमेकि बीच हिउ पन्छाउने निउमा झगडा हुँदा गोलि प्रहार

एपी ,अमेरिका को न्यु योर्क राज्यमा हिउ पन्छाउने बिषयमा छिमेकि बीच वाक् युद्ध हुदा हुदै रिस थाम्न नसकेर गोलि प्रहार गरेका छन् l तर गोलि चलाउनेले मानिसलाई गोलि नहानी केवल सवारी साधनको पाङ्ग्रामा हानेकोले उनलाई पक्राउ गरिएको एसोसिएट प्रेसले जनाएको छ l

उक्त घटना न्यु योर्क राज्यको बफेलोको करिब ३५ माइल दक्षिण पुर्वमा रहेको क्याटरागस काउन्टी (जिल्ला) को मचिआस शहरमा गत बुधबार घटेको हो l राज्य प्रहरी अनुसार ५५ बर्षिय व्यक्तिले मौखिक भनाभन गरेको र पछि भौतिक रुपमा सामना गरे पछि प्रहरीले उनलाई पक्राउ गरेको छ l

प्रहरी अनुसार विवाद भए पछि बन्दुक निकाली छिमेकिको गाडीको पाङ्ग्रामा हानेको तर छिमेकिलाई कुनै चोट पटक नलागेको बताएको छ l उनलाई लापरवाह जोखिमपूर्ण ,धम्कि तथा अपराधीक हातहतियार धारण गरेको अभियोग लगाइएको छ l उनलाई काउन्टी कारगारमा १० हजार डलर नगद सहित जमानत लिइएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...