Tuesday, January 3, 2017

“रात दिन तिमै याद आउँछ, म त परदेशमा एक्लै, ..मायाले सताउँछ।” : गायक रतन सुबेदी

picsart_01-03-12-43-00

..लामो समय देखि अमेरिकाको बाल्टिमोर, मेरिल्याण्ड राज्यलाई आफ्नो कर्मभुमी बनाउँदै स-परिवार सहित बसोवास गर्दै आउनुभएका चर्चित नेपाली गायक रतन सुवेदी ज्युको नयाँ गीति भिडियो सम्पुर्ण संगीतप्रेमीहरुका लागि बजारमा आएको छ।

स्थानीय शक्ति श्रेष्ठज्युको सहयोगमा निर्माण भएको यस मर्मस्पर्शी गितमा नेपाली चलचित्रका सफल अनि चर्चित नायक दिलिप रायमाझी ज्युले आफ्नो जिवन्त अभिनय गर्नुभएको छ, उहाँ पनि केहि बर्ष देखि यसै बाल्टिमोरमा स-परिवार नै रहँदै आउनु भएका छन।

यसै गरि स्थानीय जोशिला युवाहरु दिलिप श्रेष्ठ, रुडि शर्मा, बाबु के.सी. लगायतका साथीहरूले नायक दिलिप रायमाझी ज्युलाई यस गीति भिडियोमा साथ दिएका छन्।

कामको सिलसिलामा परदेशमा संघर्षरत नेपाली परिवारहरुको कथा ब्यथा बोकेको यस गीत्मा नोर्बु शेर्पाले संगीत भर्नु भएका छन भने यस मर्मस्पर्शी गितमा शब्द, संगीत र स्वर गायक रतन सुबेदीको रहेको छ जसमा उनलाई बिनिका प्रधानले साथ दिएका छन्। गितको आकर्षक भिडियो निर्माण लाईम लाईट इन्टरटेन्ट्मेन्ट्ले गरेका छन भने यसको निर्देशन चर्चित गीति भिडियो निर्देशक प्रशन्न पौडेल ज्युले गरेका छन भने उनलाई चलचित्र साँघुरोका सहायक निर्देशक भएर श्री जोयस पाण्डेले सहयोग गरेका छन। गीति भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन भने क्यामारामा साथ सुदिप बरालले दिएका छन्।

सम्पुर्ण नेपाली संगीतप्रेमी श्रोता दर्शकहरुको तर्फबाट यस सृजनाका सम्पुर्ण कलाकार, निर्माण टोली तथा सहयोगीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना !!

..तपाईंहरुलाई कस्तो लाग्यो कृपया कमेन्टमा आफ्ना अमुल्य भावनाहरु लेखिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

– श्रीजन ताम्राकार, 2017

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...