Friday, January 6, 2017

ट्राभल हाउस ग्रुप अफ कम्पनी को प्रेस बिज्ञप्ति

 

सर्वप्रथम ट्राभल हाउस ग्रुप अफ कम्पनी हाम्रा आदरणीय ग्राहक वर्गहरुमा नयाँ बर्ष सन् २०१७ को शुभकामना सहित यस ग्रुप अफ कम्पनीले अर्को सहायक कम्पनी ट्राभल हाउस भ्याकेसन यहाँहरु समक्ष ल्याएको अवगत गराउन चाहन्छौं |

ट्राभल हाउस नेपालले बिगतको दिनहरुमा नेपाली समुदायमा सेवा पुर्याउदै आउनका साथै यहाँहरुको सहयोग, स्नेह र हामीप्रतिको विश्वासको कारणले गर्दा हामीले अर्को सहायक कम्पनी ट्राभल हाउस भ्याकेसन यहाँहरु समक्ष ल्याउन सफल भएका छौं |

यो नयाँ कम्पनी विश्वब्यापी पर्यटन र साहसिक यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले खोलिएको हो | यो ग्रुप अफ कम्पनीले सन् २००६ देखि आफ्नो उत्कृष्ट सेवा प्रदान गर्दै आएको यहाँहरु समक्ष विधितै छ |

यो ग्रुप अफ कम्पनी अरु सहायक कम्पनीहरु ट्राभल हाउस नेपाल, ट्राभल हाउस यू.एस.ए., ट्राभल हाउस एक्स्प्लोरर् र हारती प्रोपर्टिज रहेको छ |

ट्राभल हाउस भ्याकेसनले कस्टमाइज् ट्रीप, एडभेन्चर ट्रीप रोमान्टिक स्थलहरुको यात्रा, क्रुज, बिच होलिडे तथा अन्य सेवाहरु जस्तै ट्रान्सफर, यात्रा बीमा, अप्सनल टुर्स प्रदान गर्दैछ |

यो ग्रुप अफ कम्पनीको अहिलेसम्मको अनुभव र अनुभवी कर्मचारीहरुले आफ्नो ग्राहकहरुलाई सस्तो सुलभ यात्रा र पर्यटनको सुविधा प्रदान गर्न प्रयासरत रहेको यहाँहरुलाई अवगतै छ |

नोट :

ट्राभल हाउस भ्याकेसन विभिन्न संघ संस्थाहरुसंग आबद्ध र मान्यता प्राप्त कम्पनी हो |

जस्मा ए.आर.सी. (एयरलाइन्स रिपोर्टिंग कर्पोरेसन्), आई.ए.टि.ए. (इन्टरनेशनल एयर एन्ड एसोसियन), ए.एस.टि.ए. (अमेरिकन सोसाईटी अफ ट्राभल एजेन्ट), एन.ए.सी.टि.ए. (नेस्नल एसोसियन एफ केरिएर ट्राभल एजेन्ट), एन.ए.टि.टि.ए. (नेपाल एसोसियन एफ टुर ट्राभल एजेन्ट), सी.एल.आई.ए (क्रुज लाइन इन्टरनेस्नल एसोसियन) र एन.टि.बि. (नेपाल टुरिजम बोर्ड) रहेको छ |

ट्राभल हाउस ग्रुप अफ कम्पनी तपाईंहरुको सधैं सल्लाह सुझावको प्रतिक्षा गर्दै सोसल मिडिया मार्फत आफ्नो अमुल्य प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछ |

वेबसाइट : http://bit.ly/2hZ2Jf5

फेसबुक : http://bit.ly/2jdoROQ

टिव्टर : http://twitter.com/travelhousevac

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...