Tuesday, January 31, 2017

मलेसियामा ४ खेलाड़ी सम्मानित

आज नेपाली प्रवासी सितोरियो कराते संघ,मलेसियाले आयोजना गरेको सम्मान कार्यक्रममा नेपालका खेलकुद जगत का 4 जना हस्तीलाई सम्मान गरिएको छ,र कार्यक्रममा नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुक प्रशिक्षक योगेन्द्र कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि NRNA मलेसियाका अध्यक्ष आदरणीय श्री बिश्व बिक्रम राई ज्यु हुनुहुन्थ्यो साथै सम्मानित हुनुहुने नेपाल बाट पाल्नु भएका राष्ट्रिय खेलकुद परिषदका पुर्ब उपाध्यक्ष आदरणीय श्री पिताम्बर तिम्सिना ज्यु साथै राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य आदरणीय श्री एकेन्द्र कुवर ज्यु ,,,साथै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा दक्षिण एसियाली खेलकुद सागमा चार स्वण पदक र एसियन गेममा 2 पटक सम्म कास्य पदक ल्याउन सफल ओलम्पिक तेक्वान्दो खेलाडी आदरणीय श्री दिपक बिष्ट ज्यु र नेपाली राष्ट्रिय फुटबल टोलिका पुर्ब कप्तान र नेपाल राष्ट्रिय तथ अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष र एक जमानाका फुटबल महारथी आदरणीय श्री हरि खड्का ज्यु लाई यस नेपाली प्रवासी सितोरियो कराते संघ ,मलेसियाले सम्मान गरेको छ….. साथै NRNA का अध्यक्ष ज्यु,,,, कराते संघका अध्यक्ष ज्यु,,,,र आदिवासी जनजाति महासंघ,मलेसियाको महासचिव आदरणीय श्री जीवन देवान गाउँले र प्रवासी कराते संघका बरिस्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय पदकधारी कर्ण बहादुर राई,,,प्रवासी कराते संघका काेषाध्यक्ष तथा अन्तर्राष्ट्रिय कराते रेफ्री लक्ष्मी क्षेत्री,यहाँ सबै पदाधिकारीहरुको हातबाट दोसल्ला ओढाइ,सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो।कार्यक्रममा कान्तिपुर पत्रकार रामचन्द्र गिरि ज्यु को पनि उपस्थित थियो। कार्यक्रममा प्रवासी खेलाडीहरु राम आन्देम्बे,राम तामाङ,दुर्गा लिम्बुको पनि उपस्थित थियो। हामीले एस नेपाली प्रवासी सितोरियो कराते संघको तर्फबाट नेपालका चर्चित दुई खेलाडीहरु र दुई खेलकुद परिषदका चर्चित पुर्ब र हालका पदाधिकारीलाई सम्मान गर्ने मौका र आफ्नो अमुल्य समय दिनुभएकोमा हामी यस नेपाली प्रवासी सितोरियो  कराते परिवारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौ र यो सबै श्रेय हामी हिमालयन फुटबल क्लबका संयोजक सन्तोष कार्की ज्यु लाई दिन चाहन्छौ।उहाँको निम्तो बाट सम्मानित ब्याक्तित्व मलेसिया आउनु भएको हो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...