Tuesday, January 31, 2017

गायक विनोद खम्वुले मलेसियामा सांगीतिक भूकम्प चलाए

लण्डन , माघ १९ । मलेसियास्थित मलाक्क र कलाङमा चिनिया नयाँ बर्ष तथा बौद्ध धर्मावलम्बीहरुको महान चाँड ल्होसारको शुभअवसर पारेर मलेसिया रोजगारमा रहेका नेपालीहरुले सांगीतिक कार्यक्रम भव्य सम्पन्न गरेका छन् ।
‘झुकाएर झुक्दैन हाम्रो स्वाभिमानलाई, फुटाएर फुट्दैन हाम्रो एकतालाई’ भन्ने मुल नाराका साथ सम्पन्न गरिएको कार्यक्रममा नेपालबाट लोकदोहोरी गायक राम्जी खाड, गायक रास्कोटी मगर, गायिका तथा मोडल निशा पोख्रेलले  मनोरञ्जन दिएका थिए भने गायक विनोद खम्वुले दर्शकहरुमाँझ सागीतिक भुकम्प चलाएका थिए ।
 
नयाँ पुस्ताले रुचाउने गायक खम्वुको ड्रेस र कपालको स्टाईलमा जव हल भित्रको रंगीचंगी बत्तिको चमकमा उनका हिट नम्वरका गीतहरु ‘तिमी ज्यान माग, ज्यान माग ज्यान दिन्छु’,‘बसमा छैन् यो मन’ , ‘झन खायो झन झन मिठो तिन पाने रक्सी’ साथै उनको सार्वजनिक हुन लागेका एल्वम ‘किराँतीको छोरो’ बाट केहि गीतहरु र भरखरै चर्चित बनिरहेको जेवि राईको रचना ‘दुई मुटु हाम्रो’ गाउदा स्टेजमा करिव ९ रेक्टर स्केलको सांगीतिक भुकम्प आएको केहि दर्शकले बताए । 
 
कार्यक्रम सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले दर्शकको भीडलाई थाम्न हम्मेहम्मे परेको आयोजकले जनाएको छ । 
 
देश विदेशमा रहेका नेपाली श्रोता दर्शकको मन जित्न सफल  प्रतिभाशाली गायक विनोद खम्वुले मलेसियामा रहेर अहोरात्र खटिरहेका प्रदेशी यात्रामा गलेका तन र मनको थकानलाई मेटाउन मनोरन्जन दिएको  उपस्थित दर्शकले प्रतिक्रिया दिएका छन् । 
 
कार्यक्रममा उपस्थित एक दर्शकले भने- ‘गीत संगीत नै जीवनको खुशी रहेछ ।’ उनले थपिन गायक खम्बुको स्टेज प्रस्तुुती देखेर देश विदेशमा रहेका नेपालीहरुले उनको तारिफ सामाजिक संन्जाल र अखबारमा छापछप्ती पारेका छन् ।
 
देश तथा विदेशको सांगीतिक कार्यक्रममा व्यस्त बनिरहेका गायक खम्वु मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरिसकेका छन् । माघ १९ गते सुनसरी धरानस्थित बोडिङ स्कुलको प्राङ्गणमा शिक्षाबाट बन्चित बनिरहेका बालबालिकाको सहयोगार्थमा सम्पन्न हुन लागिरहेको सांगीतिक कार्यक्रममा बेजोड प्रस्तुती दिन धरान जाने गायक खम्वुले जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...