Thursday, January 26, 2017

रापती समाज काठमाडौले पानी अभियान सम्बन्धी अन्तर्कृया कार्यक्रम गर्ने

 

यहि माघ १५ गते जनवरी २८ शनिबार दिनको २ बजे ” हरेक घरमा धारो , हरेक गाउँमा सिंचाइ ” नारामा आधारित रहेर “दाङमा करोड पानी अभियान सम्भावना र चुनौती ” विषयक अन्तर्कृया कार्यक्रम मिडिया इन्टरनेसनल अनामनगर काठमाडौमा हुन गैरहेको जानकारी रापती समाज काठमाडौले दिएको छ । उक्त संस्थाका अध्यक्ष श्री शशि शर्मा मज्गैयाद्दारा जारी प्रेस रिलिजमा भनिइएको छ । “यस समाजका सस्थापक अध्यक्ष सामाजिक अभियन्ता मित्रलाल पार्देद्वारा आरम्भ गरेको पानी अभियान आज विश्वव्यापी बनिरहेको छ । अभियान सबैको साझा बनिरहेको छ । यो महान अभियानप्रति चारैतिरबाट ऎक्यबद्दता मिलिरहेको छ । यसैक्रममा यहि माघ १५ गते शनिबार काठमाडौको अनामनगर स्थित मिडिया ईन्टरनेशनलमा सोही बिषयमा वृहत् अन्तर्कृया कार्यक्रम आयोजना हुदैछ । सम्बन्धित सबैलाई हार्दिक निमन्त्रणा ।”
स्मरण रहोस् उक्त कार्यक्रमको संयोजन रापती समाज काठमाडौका भुपु अध्यक्ष श्री गोपाल बस्नेतले गर्नुभएको छ भने सहसंयोजन सगरमाथा रेडियोका संचारकर्मी एवम गीतकार लोकराज अधिकारीले गर्नु भएको छ । अन्तर्कृया कार्यक्रमको सहजीकरण कोषाध्यक्ष सीमा पुरी लगायत रापती समाज परिवारले गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...