Saturday, January 28, 2017

काभ्रे सम्पर्क समिति कतार बनभोज कार्यक्रम सम्पन्न!

ध्रुब क्षेत्री, दोहा’ सेवा नै धर्म हो, “प्रबासी काभ्रेली एक हौ,कतार का काभ्रेली कोहि कतै नछुटाउ”  भन्ने मान्यतामा आधारित हुदै  समाज सेवामा टेवा पुर्याउने अभिप्रायमा निहित रहेर काभ्रे घर भइ रोजगारीको सिलसिला मा कतार  कर्म भुमी बनाएका नेपाली  युवा हरुको समूहले  केहि महिना अघि मात्र घोषणा  गरेको काभ्रे  सम्पर्क समिति ले हिजो शुक्रबार  भब्यरुपमा बनभोज  कार्यक्रम  कतार को समलपार्क मा सम्पन्न गरेको छ ।
संस्थाका अदक्ष्य नन्द प्रसाद दुङ्गानाको  अदक्ष्यता मा कार्यक्रम   भएको थियो भने संस्थाका पदाधिकारी  लगाएत  केहि सहयोगी तथा  काभ्रे घर भइ कतार मा ब्यबसाय  गरेका स्थापित समाजसेवीहरु लाइ अथितिमा आसनग्रहण  गराइएको थियो ! कार्यक्रम लाइ सम्बोधन गर्दै संस्थाका अद्क्ष्य ढुंगानाले संस्थाको गठन देखि हाल सम्म  गरेका कामहरु  जस्तै साउदीमा जेल जिबन बिताएका तिमिल्सिना बचाऊ अभियान, ब्लड क्यान्सर पिडित  लगाएतलाइ गरेको सहयोग  र संस्थाको अन्य अबस्था तथा भाबी योजनाको  बारेमा सम्पूर्ण मा जानकारी  गराउदै सस्था लाइ यहा सम्म पुर्याउन सहयोग  गर्ने सम्पूर्णलाइ धन्यबाद ज्ञापन गरेका थिए ! उक्त कार्यक्रमलाइ कतारका चर्चित गायिका दोया सुस्मा पुन, हेमा गुरुङ र गायक सन्तोष बन्जाराले  संगीतमय बनाएका थिए भने केहि कमेडी तथा घईटो फुटाउ जस्ता खेल देखाएर संस्थाले उपस्थित  समुदायको मन जित्ने काम गरेको थियो!!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...