Saturday, January 28, 2017

न्युयोर्कमा दुई ईराकीलाई थुनिए पछि वकिल द्वारा अमेरिकन सरकार माथि मुद्धा दायर

इराक बाट अमेरिका आएका दुई ईराकी नागरिकलाई न्युयोर्कमा थुने पछि वकिल द्वारा अमेरिकन सरकार र राष्ट्रपति डोनाल्ड ट्रम्प माथि मुद्धा दायर गरेका छन् l अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश दिदै ७ वटा मुस्लिम देशलाई ९० दिनको लागि यात्रा प्रतिबन्ध गरेका कारण उनीहरु लाई थुनिएको हुनाले थुनुवा परेका ईराकी को तर्फ मुद्धा दायर गरेको न्युयोर्क टाइम्सले समाचार लेखेको छ l

उनीहरुलाई गत जनवरी २७ तारिख शुक्रबार न्युयोर्कमा पक्राउ गरि थुनामा राखिएको कारण मुद्धा दायर भएको छ l न्यायालयको कागजात अनुसार दुवै जनालाई कानुनी रुपमा अमेरिका आउने स्वीकृत गरेको तर राष्ट्रपति ट्रम्पले शुक्रबार नै कार्यकारी आज्ञा दिएका थिए l

अधिवक्ताहरुले नजरबन्दी अवैध हो भन्दै सुनुवाईको माग गरेका छन् भने उनीहरुले सम्पूर्ण शरणार्थीको तर्फ बाट क्लास एक्सन (वर्गीकरण मुद्धा) अन्तर्गत मुद्दा दायर गर्ने भएका छन् l उनीहरुलाई जेकेएफ अन्तर राष्ट्रिय बिमान स्थल न्युयोर्कमा थुनिएको छ भने हमिद खालिद दार्विस तथा हैदर समिर अब्दुल कलेक ईराकी रहेको न्युयोर्क टाइम्सले जनाएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...