Thursday, January 26, 2017

जनताले संशोधन होइन, निर्वाचन चाहेका छन् : नेता खनाल

इलाम, १३ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तीनैतहको निर्वाचन सम्पन्न गर्न एमालेले सरकारलाई दबाब दिइरहेको बताउनुभएको छ ।

सूर्याेदय नगरपालिकामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले भन्नुभयो, “संविधान संशोधनभन्दा पनि निर्वाचनको मिति चाँडै तोक्नुपर्छ, जनताले निर्वाचन चाहेका छन्, संशोधन होइन ।”

अबको निर्वाचनबाट एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उहाँले एमालेलाई पहिलो पार्टी बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । पर्यटनका अनेकौँ सम्भावना बोकेको इलामलाई देशकै नमुना जिल्ला बनाउन एमालेले पहल थालेकोसमेत उहाँको भनाइ थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...