Monday, January 30, 2017

सभामुख घर्ती र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ, १७ माघ । सभामुख ओनसरी घर्तीसँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको सभामुख घर्तीले जानकारी दिनुभयो ।

सभामुख घर्तीले नेपाल र बेलायतबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताउनुभयो ।”

बेलायत नेपालको सबैभन्दा पहिलो कूटनीतिक सम्बन्ध राख्ने र भरपर्दाे मुलुक हो । नेपालको विकासमा ठूलो योगदान पु-याउँदै आएको बेलायतसँगको सम्बन्ध संयुक्त राष्ट्रको बडापत्र र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...