सञ्जय मित्र, रौतहट
बज्जिका भाषाको पहिलो आप्रवासी संगठन मलेसियामा जन्मेको छ । रौतहट, बारा, सर्लाहीलगायतका जिल्लाबाट मलेसियामा गई सामान्य रोजगारीमा रहेका पत्रकार तथा भाषासेवीरूले नेपाल–मलेसिया आप्रबासी बज्जिका पत्रकार संघको गठन गरेका छन् । मलेसियामा रहेर पनि मातृभाषा बज्जिकाको विकास तथा सेवा गर्न र बज्जिकाभाषी तथा नेपाली कामदारको समस्यालाई सञ्चारमाध्यममा ल्याउन ललन यादवको अध्यक्षतामा १३ सदस्यीय नेपाल–मलेसिया आप्रबासी बज्जिका पत्रकार संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा राजकुमार यादव, सचिवमा दीपेन्द्र कुशवाहा, सहसचिवमा दिलबन्धु यादव, कोषाध्यक्षमा अनुप माझी तथा सदस्यहरुमा लक्ष्मण यादव, हसरे आलम, राजेश कहार, सञ्जीव यादव, भुवनेश यादव, उमेश गुप्ता, बलराम गिरी रहेका छन् । छलफल तथा समीक्षा बैठक प्रत्येक तीन तीन महिनामा गर्ने निर्णय गरिएको र बज्जिका भाषामा मलेसियाबाट एउटा ब्लगस्पट सञ्चालन गरिने निर्णय गरिएको समेत नेपाल–मलेसिया आप्रबासी बज्जिका पत्रकार संघका अध्यक्ष ललन यादवले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
Monday, January 30, 2017
बज्जिका पत्रकारहरू मलेसियामा पनि संगठित
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment