भीमदत्तनगर, २५ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले प्रदेश सीमाङ्कनका विषयमा प्रदेश नं ५ मा देखिएको विवाद सुल्झाउने जिम्मा सोही प्रदेशका नागरिकको रहेको बताउनुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा काँग्रेस कञ्चनपुरले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँल सीमाङ्कनका विषयमा आवश्यक परे सोही प्रदेशका नागरिकको जनमतसङ्ग्रह पनि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाड–तराई छुट्याउने गरी सीमाङ्कन गर्नु राम्रो विषय होइन ।”
उहाँले सरकारले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने मागसमेत गर्नुभयो । संसद्मा टेबल गरिएको संशोधन विधेयकमा निर्वाचनसम्बन्धी बुँदालाई छिटो पारित गरेर सरकार निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
No comments:
Post a Comment