Monday, January 9, 2017

कार्कीमाथि कालोमोसो दल्नेलाई एक महिना कैद

काठमाडौँ, २४ पुस । मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आउनुभएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज कार्कीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी गरिएको हो ।

अदालतमा मुद्दाको तारेख लिन आउँदा यही पुस ७ गते शाही र बुढाले अदालत परिसरमै कार्कीलाई कालोमोसो दलेका थिए । सोही दिन नै पक्राउ गरी दुवैलाई थुनामा राखिएको थियो । सर्वोच्चले आज जारी गरिएको आदेशमा भनिएको छ, “निजहरुलाई थुनामा राखेकै मितिबाट कैद कट्टा हुने गरी कैदी पूर्जी दिई कैदमा राख्न जिल्ला कारागार कार्यालय काठमाडौँमा पठाइदिने ।”

कालोमोसो दल्नेद्वयलाई अदालतको अवहेलनाअन्तर्गत मुद्दा चलाइएको थियो । न्यायलयको कार्यसम्पादनमा अवरोध पु¥याउने कार्य कसैले पनि गर्नु हुँदैन । आदेशमा शाही र बुढाले अदालतको मानहानी हुने मनसायले नभई व्यक्तिलाई कालोमोसो दलेको बयान दिए पनि उन्मुक्ति दिन नमिल्ने र त्यसलाई स्वीकार गर्न नसकिने उल्लेख छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...