Sunday, January 29, 2017

नेपाली मुस्लिम समाज कतार को अधिबेसन मार्च १० मा हुने!!

ध्रुब क्षेत्री, दोहा कतार’  बिभिन्न पेसा र ब्यबसाय  गर्दै कतार लाइ कर्म भुमि बनाएका नेपाली मुस्लिमहरुले  नेपालमा बदलिदो  परिवेश अनुसार  आफ्ना समस्या अनि जातीय, भाषिक र धार्मिक अधिकार सहित को पहिचान का निमित एक भएर काम गर्ने उदेश्यले एउटा  सामुहिक सस्था को रुपमा निर्माण गरिएको धार्मिक  सस्था हो  नेपाली मुस्लिम समाज कतार र उक्त सस्था ले आगामी मार्च  १० मा कतारमा आफ्नो अधिबेसन  गर्ने निर्णय  गरेको कुरा  सस्थाका कार्यबहाक माहसचिब हजरत अलि खान ले जानकारी दिनु भयो। दुइ बर्ष देखी अधिबेशन गर्न नसकेको नेतृत्व को कारण सस्था धरापमा  परेको र कुनै हैकमबादी पकेटिया प्रवृतिमा  रहेको भन्दै आफु अल्लि रुष्ट भएको संकेत गर्दै उहाले भन्नु भयो हामीहरुले अक्टोबर २८/२०१६ मा भएको सर्बसम्मत अधिबेसन  गर्ने भनि गरेको  आयोजक कमिटीको  निर्णयलाइ पछिल्लो समयमा सस्थाका अध्यक्ष र संरक्षकहरु ले आलटाल गर्दै  उक्त माहधिबेशन   बाट भाग्न खोजेकाले हामीले बाध्य भएर उपाध्यक्ष को अध्यक्षतामा बहुमत सदस्यहरू को उपस्थितिमा  निर्वाचन कमिटी ,बिधान मस्यौदा कमिटी ,आर्थिक कमिटी गठन गरेको र सस्थाका  तिन क्षेत्रहरू मध्य दुइ क्षेत्रका अध्यक्ष ,सल्लाहकार लगाएत सम्पुर्ण पदाधिकारीहरु लगाएत को  बैठकले उपाध्यक्ष यासिन मामाको अध्यक्षतामा माहधिबेशन आयोजक कमिटी घोषणा गरेको कुरा  जानकारी गराउनु भयो। उक्त घोषित  कमिटिका संयोजकहरुमा निर्वाचन कमिटी संयोजक  महम्मद हुसेन खान ,बिधान मस्यौदा कमिटी संयोजक  इन्जिनियर ऐयुब खान , ब्यबस्थापन संयोजकमा  मौलाना खालिद र आर्थिक कमिटी संयोजकमा  अतहर हुसेन  लाइ बैठक द्वारा सर्बसम्मत जिम्मेवारी सुम्पिएको छ। समाजका दोय क्षेत्रीय अध्यक्ष मुम्जान मिया र महम्मद हुसेन खानका अनुसार  हामिले निस्पक्षिय चुनाब गराएर अधिबेसन  भब्यताका साथ सफल बनाउने र अन्तिम समय सम्म पनि अध्यक्ष र संरक्षकलाइ पनि अधिबेसनमा  सामेल गराउने कोसिश मा रहेको बताउनु भयो ।
बहुमत सदस्य उपस्थित सस्थाका अधिबेसन आयोजक कमिटिका संयोजक यासिन मामाले  २१ सदस्यीय अधिबेसन  आयोजक कमिटी बनाइएको र यहि फेब्रुअरी १ देखी सदस्यता रिन्यू र नयाँ सदस्यता बितरण प्रणाली खुल्ला गरिने र उक्त प्रणाली  फेब्रवरी २८ सम्म  सदस्यता रिन्यू  र नयाँ सदस्यता फारम भर्न  खुल्ला गर्ने साथै  सस्थाले  उम्मेद्बारी दिने समय मार्च १ देखी  ५ मार्च सम्म तय गरेको र नेपाली मुस्लिम समाज कतार को अधिबेसन  भब्यताको साथ सम्पन्न गराएर  सस्था लाइ  उच्हा मनोबलका साथ् सबैलाई समेटेर निकास दिने प्रतिबद्दता ब्यक्त  गर्नु भएको छ!!1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...