Sunday, January 29, 2017

अमेरिकाको बाल्टिमोरबाट ईनेप्लीजले “पन्चेबाजा” को प्रत्यक्ष प्रशारण गर्ने

जनवरी २९ तारिख आईतबार – नेपाल देखी अमेरिका ल्याईपुर्याईएको नौमतीपन्चेबाजा बजाउँदै , नाच्दै गरेको बडो आकर्षक नेपाली रम् झम् को ईनेप्लीजलेले आफ्न फेसबुक फलओर्स १,७४,४३९.०० एक लाख ? चौहत्तर हजार नेपाली समक्ष   अमेरिकाको बाल्टिमोरबाट लाईभ प्रत्यक्ष प्रशारण गर्ने भएको छ। 
 
 
नौमती पन्चे बाजाको सबै सामानहरु नेपाल देखी अमेरिकासम्म म्याग्दीबासीहरुले ल्याएका हुन्।  सात समुन्द्रपारी अमेरिकामा पनी नेपालको ठेट लोक संस्कृती मार्फत नेपाल चिनाऊनको लागी भनेर  बडो दुख र खर्च गरेर पन्चे बाजाका सामानहरु हामीले नेपालदेखी अमेरिका ल्याएका हौँ – एक्स् ब्रिटिश गुर्खाज अफिसर क्याप्टेन दल बहादुर रोकाले बताए। 
 
म्याग्दी समाज युएसए का अध्यक्ष राम प्रसाद भण्डारीका अनुसार बाल्टिमोर शहरको व्ह़ाईट मार्श पुलश्की हाईवे ४० मा अवस्थित पार्कर्स PARKERS नाम गरेको मोटेलको ब्यांक्वेट हलमा आज जनवरी २९ तारिखआईतबारको साँझ ५ बजे देखी म्याग्दी समाजको बार्षिक साधारण शभा हुनेछ। साधारण शभामा म्याग्दी समाजको नयाँ कार्यसमिती घोषणा हुँदैछ। बेलुकीको ८ बजे पे बार सहितको रात्रिभोज हुनेछ ,बेजुकी ९ बजे दे खि दोहोरी गायीकाहरु सृजना थापा र मंजु पुन संग बाल्टिमोरका ठिटाहरु दोहोरी गीतमा जम् ने छन् , दोहोरी पछी ” नौमती पन्चेबाजा ” मा सबै नाच् ने छन्  –– समाजका ऊपाध्यक्ष अमर छन्त्यालले बताए। 
 
वरिष्ठ लोकगायक तथा नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा हुने म्याग्दी समाजको यस बार्षिक साधारण शभामा संघ संस्थाका अध्यक्षहरु र भर्खरै नेपालदेखी अमेरिका आऊनुभएका आदिबासी जनजाती महिला महासंघ नेपालकी केन्द्रिय ऊपाध्यक्ष नेपालको जनजाती महिला नेत्री कुसुम भट्टचन समारोहको अतिथी हुनेछन् – आयोजक संस्थाका महासचिब ईन्द्र बहादुर थापाले ईनेप्लीजलाई बताए।  दोहोरी गीत र नौमती पन्चेबाजाको रामाईलो मध्येरात सम्मै चल्नेछ। 
 
 
पन्चेबाजाको लाईभ प्रत्यक्ष प्रशारण हुने समय बेलुकीको ९ बजे पछी – वाशिंगटन डिसीको समय
नेपालको समय – सोमबारको बिहानको ८ बजे पछी
  
जि पि एस मा हाल्ने कार्यक्रमस्थलको ठेगाना यहाँ छ :
Address : 11131 PULASKI Highway
WHITE MARSH, MD 21162
Date : 29 January 2017, SUNDAY
Time : 4.30 PM to 12.00 Mid-Night 
For Contact : Ram Bhandari 410-530-6737
Amar Chhantyal 443-600-2138
Indra B Thapa 443-453-6540
 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...