Saturday, January 28, 2017

म्यारिल्याण्डमा सन्ध्याकालीन टहलमा निस्केकी भारतीय मूलकी महिलालाई प्रहरीको सोधपुछ

गत जनवरी २७ तारिख अमेरिकाको मेरिल्याण्ड राज्यम को वेल एयर शहरमा सन्ध्याकालीन समयमा टहलमा निस्केकी एक महिलालाई प्रहरीले सोधपुछ गरेको छ l वेल एयर प्रहरीले गहु गोरी वर्ण कि महिला लाई परिचय पत्र देखाऊ भन्दा आफु संग लिएर नहिडेको बताएकी थिइन् l

दक्षिण भारतीय कि अरविन्द पिल्लामरि नामक ति महिला आफ्नो घर वरपर हिड्ने क्रममा प्रहरीले सोधेको जनाएकी थिइन् l प्रहरीले किन आफ्नो परिचय पत्र साथमा नराख्नु भएको भन्दै तपाई अवैध रुपमा त हैन भनि प्रश्न ति महिलालाई गरेको कुरा सीबिएस बाल्टिमोर स्टेसन डब्लुजेजीटीबिले समाचार सम्प्रेषण गरेको छ l

उनले वेल एयर मा यस्तो हुन्छ भन्ने नसोचेको संचार कर्मीलाई बताइन l वेल एयर प्रहरी प्रमुख चार्ल्स मुर ले राष्ट्रियता सोध्नु असंबेदनशील हुन्छ तर जातिगत रुपरेखा हुदैन भने l प्रहरीले यो पत्ता लगाउने कोसिस गरेको बताउदै किन परिचय दिन हिच किचाएकोले अवैध भनि सोधिएको बताए l पिल्लामर्री अमेरिकन नागरिक हुन् l उनले स्थानीय स्तर मा नै सामाजिक न्याय सुरु भएकोमा गर्व गरेकी छिन् l

तस्बिर :सीबिएस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...