Tuesday, January 10, 2017

पहाड र तराई अलग गरे नेपाल रहँदैन : जनमोर्चा अध्यक्ष केसी

भक्तपुर, २६ पुस । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका नाममा पहाड र तराईलाई अलग गरे नेपाल विखण्डन हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपाललाई सिङ्गो राख्न सङ्घीयतालाई कार्यान्वयन गर्ने नहुने धारणा राख्नुभयो ।

अध्यक्ष केसीले भन्नुभयो–“नेपाली जनताको घाँटीमा सङ्घीयता जबर्जस्ती भिडाएर पहाड र तराई अलग पार्दै कालान्तरमा नेपाललाई विदेशी भूमिमा गाभ्ने षडयन्त्र भइरहेको छ, देशलाई जोगाउन जर्बजस्त सङ्घीयता लाद्न हुँदैन ।”

प्रतिपक्षी सांसदहरुको विरोधका बाबजुद सभामुखले संविधान संशोधन विधेयक टेबल गर्न दिएर संसद्को मर्यादा विपरीत कार्य गर्नुभएको उहाँको टिप्पणी थियो ।

सरकारले समयमै युद्धस्तरमा स्थानीय निकायको निर्वाचनको तयारी गर्नुपर्नेमा ढिलाइ गरेर लोकतन्त्र र गणतन्त्र समाप्त पार्न खोजेको उहाँको भनाइ थियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...