Tuesday, January 10, 2017

श्रमिकको हित सुनिश्चितता पहिलो प्राथमिकता : परराष्ट्रमन्त्री

काठमाडौँ, २६ पुस । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कतारमा कार्यरत करिब चार लाख नेपालीको हित सुनिश्चितता आफ्नो भ्रमणको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

आफ्ना कतारी समकक्षी शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अलथानीको निमन्त्रणामा कतार प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीमाझ उहाँले भन्नुभयो¬—“कतारमा कार्यरत नेपालीको हकहितको रक्षा तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा प्राप्तिका निम्ति विशेष जोड दिनेछु ।”

नेपाल र कतारबीच पारस्परिक सहयोग अभिवृद्धिका साथै नेपालको आर्थिक विकासमा कतारी लगानी आकर्षित गर्ने विषयमा पनि छलफल गर्ने जानकारी दिँदै उहाँले आपसी सहयोगका क्षेत्रहरु पहिल्याउनेमा छलफल केन्द्रित रहने बताउनुभयो ।

कतारका अमिर र श्रममन्त्रीसँगको भेटवार्तामा नेपालको राष्ट्रिय हित तथा श्रमिकका समस्या समाधानमा केन्द्रित रहेर छलफल गर्ने बताउँदै परराष्ट्रमन्त्रीले श्रम शोषण नहोस् र समयानूकुल तलब भत्ता वृद्धिबारे पनि कुरा राख्ने जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...