Tuesday, January 10, 2017

सर्वोच्चद्वारा ध्यानाकर्षण

काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले सञ्चारमाध्यममा न्यायपालिकाप्रति भ्रम फैलाउने मनसायबाट प्रेरित भएर समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले आज जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यममा मिथ्यापूर्ण, भ्रामक, असत्य र कपोलकल्पित समाचार आउनु दुःखद् भएको र त्यसप्रति अदालतको ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा कानुनअनुरुप गरिएका कार्यप्रति अवान्छित शङ्का, उपशङ्का र न्यायपालिकाप्रति भ्रम पैदा हुने खालका समाचार प्रकाशन÷प्रकाशन नगर्न आग्रह गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...