Friday, January 6, 2017

शिविरमा ७७ जनाले मृगौला परीक्षण गराए

म्याग्दी (बेनी), २२ पुस । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आज आयोजना गरेको निःशुल्क मृगौला परीक्षण शिविरमा ७७ जनाले आफ्नो मृगौला परीक्षण गराएका छन् ।

हरेक नेपालीको मृगौला परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीसँग सहकार्य गरेर युनियनले एकदिने सो शिविर आयोजना गरेको हो । शिविरमा ४० जना पत्रकार÷सञ्चारकर्मी र ३७ जना सर्वसाधारण गरी ७७ जनाले मृगौला परीक्षण गराएको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजाले स्वास्थ्य मन्त्रालयको अभियान सकरात्मक भएको भन्दै त्यसको प्रचारप्रसारका लागि युनियनको कदमको प्रशंसा गर्नुभयो । यस्ता अभियानलाई गाउँ÷गाउँमा सञ्चालन गर्न अस्पताललाई उहाँले सुझाव समेत दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डा कृत्तिका कँडेलले अब हरेक सर्वसाधारणको निःशुल्क मृगौला परीक्षणको व्यवस्था गरिएको बताउँदै विभिन्न गाविसमा सञ्चालन गर्ने शिविरमा पनि यो सुविधालाई समावेश गर्ने र त्यसको प्रचारप्रसारमा सञ्चारकर्मी र सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...