Friday, January 6, 2017

जलेश्वर नगरपालिकाको बजेट तेइस करोड

गौशाला, २२ पुस । महोत्तरीको जलेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ का लागि रु २३ करोड ४३ लाख २१ हजार बजेट प्रस्तुत गर्दै आज आफ्नो २१औँ नगरपरिषद् सम्पन्न गरेको छ ।

जलेश्वर नगरपालिकाकै परिसरमा भएको सो परिषद्मा जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले आव २०७४÷७५ का लागि चालु खर्चतर्फ रु आठ करोड नौ लाख २५ हजार र पुँजीगत खर्चतर्फ रु १५ करोड ३३ लाख ९६ हजारसहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

नगरपरिषद्ले आव २०७४÷७५ का लागि जलेश्वर नगरक्षेत्रमा पर्यटन प्रवद्र्धन, प्रवेशद्वार, सडक निर्माण, शौचालय, ढल, वृक्षरोपण र जलेश्वर महोत्सव गराउनेलगायत प्रस्ताव पारित गरेको छ । नगरपरिषद्को २०औँ परिषद्बाट पारित रु आठ करोड १४ लाख ८३ हजार बजेटमध्ये चालुतर्फ रु चार करोड १६ लाख ७८ हजार खर्च भएको तथा प्ुँजीगततर्फ रु तीन करोड ४२ लाख ९५ हजार खर्च गरिएको जानकारी गराइएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...