काठमाडौं, २२ पुस । संविधान संशोधन विधेयकको विरोधमा एमालेसहित ९ विपक्षी दलले आज आयोजना गरेको विरोधसभाको पूर्वसन्ध्यामा राजधानीमा विशाल जुलुस निकालिएको छ ।
जुलुसको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरे । राजधानीका ४० ठाउँबाट निकालिएको जुलुसमा रत्नपार्कको कमाण्ड ओलीले सम्हालेका थिए ।
रत्नपार्कबाट सुरु जुलुस बागबजारबाट घुम्दै घुम्दै प्रदर्शनीमार्गस्थित विरोधसभास्थल पुगेको छ ।
अध्यक्ष ओलीको साथमा उपाध्यक्षद्धय वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिवद्धय प्रदीप ज्ञवाली गोकर्ण विष्ट, प्रमुख सचेतक भानुभक्त ढकाल, नेता प्रमुख पोखरेल लगायत सहभागी थिए ।
अहिले राजधानीका अन्य ठाउँहरुबाट पनि जुलुस प्रदर्शनीमार्गस्थित विरोधसभा स्थल आइरहेका छन् ।
No comments:
Post a Comment