सप्तरी, २१ पुस । सप्तरीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।बिहिबार अपराह्न ट्रकले एक पाँच वर्षीय बालकलाई किचेर मारेपछि आक्रोशित स्थानीय प्रहरीमाथि जाइलाग्दा झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड गोली चलाएको छ । साथै हवाई फायर पनि गरिएको छ ।
झडपमा परी इप्रका कादरबोनाका इन्सपेक्टर राजेन्द्र यादवसहित ८ प्रहरी र १२ स्थानीय घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पंसेरामा ट्रकको ठक्करबाट गरुवाहाका लक्ष्मण रामको ५ बर्षीय छोरा अर्जुन रामको मृत्यु भएपछि सप्तरीमा तनाव भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटना साम्य पार्न ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
दुर्घटनामा बालकको मृत्यु भएपछि सो ठाउँमा आक्रोशित स्थानीयबासी राजमार्गमा टायर बालेर प्रदर्शनमा उत्रिदै सडक अवरुद्ध पारेका थिए । अवरुद्ध सडक खुलाउन खोज्दा झडप भएको प्रत्यक्षर्शी राजेश विद्रोहीले जानकारी दिए ।
आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै चालकलाई कुटपिट गरेका थिए । लगत्तै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
No comments:
Post a Comment