दमौली, २१ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न तीनैतहको चुनाव हुनुपर्ने बताउनुभएको छ ।
छैठौँ तनहुँ महोत्सवको आज दमौलीमा उद्घाटन गर्दै सभापति देउवाले स्थानीय निकाय, प्रान्तिय सभा र संसदको चुनाव हुन सकेमात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताउनुभयो ।
सर्वोच्च अदालतको आदेशपछि प्रतिपक्षी नेकपा (एमाले)ले संसद खुल्न दिनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले २०७४ माघ ७ भित्रै तीनवटै चुनाव हुन नसके मुलुक गम्भीर सङ्कटमा फस्ने भएकाले सबै नेपाली जनता त्यसतर्फ सचेत भई चुनावको वातावरण बनाउनेतर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
देशमा स्थायी शान्ति भए नेपाललाई दक्षिण एशियाकै धनी देश बनाउन सकिने दाबी उहाँले गर्नुभयो ।
यसैबीच, सभापति देउवाले नेपाली कांग्रेस तनहुँको विपी स्मृति भवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय निर्वाचनका लागि जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
मधेसी मोर्चाको मागलाई सम्बोधन हुने गरी ल्याइएको संविधान संशोधन विधेयकलाई सफल गराएरै छाडने उहाँको भनाइ थियो ।
No comments:
Post a Comment